सीएनआई रोजगार मेलामा २ सय कम्पनी सहभागी हुने

काठमाडाैं | साउन २५, २०७९

सीएनआई रोजगार मेलामा २ सय कम्पनी सहभागी हुने

काठमाडौं: राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका २०० कम्पनीहरूको सहभागितामा काठमाडौंमा ‘सीएनआई रोजगार तथा शीप मेला–२०२२’ आयोजना हुने भएको छ । बजारमा शीपको उपलब्धता, रोजगारदाता र शीपयुक्त बेरोजगारबीचको खाडल कम गराई कम्पनीसँग सीधा सम्पर्क गराउने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको हो ।

 

नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म यो मेला आयोजना गर्ने भएको हो । रोजगारदाताले शीपयुक्त जनशक्ति पाउन नसकेको, तर शीप सिकेका युवा बेरोजगार हुनुपरेको अवस्था न्यूनीकरणमा मेलाले सघाउ पुग्ने बताइएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले यस्तो जानकारी दिएको हो ।

 

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्म कम्पनीहरूले कर्मचारी माग गरे पनि रोजगारदाता र काम खोज्नेबीच चुस्तरूपमा सम्पर्क स्थापित हुन सकेको छैन । यो अवस्था न्यूनीकरण गर्नु मेलाको उद्देश्य रहेको परिसंघले बताएको छ ।

 

कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले रोजगारी खोजिरहेकाहरू र रोजगारदाताबीच समन्वय गरिने बताए । यसका लागि परिसंघले मेलामा सहभागी हुने कम्पनीसँग सीधा सम्पर्क स्थापित गरेर रोजगारी खोज्न सहज गराउने उद्देश्यले ‘एप’ पनि सार्वजनिक गर्ने जानकारी उनले दिए । 

 

‘रोजगारी दिन मेला आयोजना गरिएको होइन,’ अधिकारीले भने, ‘रोजगार र शीपबीच रहेको अहिलेको खाडललाई न्यूनीकरण गर्न सेतु बन्ने मेलाको ध्येय हो ।’ परिसंघको यो पहिलो प्रयास रहेको भन्दै उनले रोजगारको आपूर्तिका लागि शिक्षाको रणनीतिमा पनि ध्यान दिनुपर्ने बेला आएको बताए । 

 

परिसंघकै उपाध्यक्ष राजेश अग्रवालले शिक्षा, रोजगार, शीपको विषयलाई राष्ट्रिय बहसको रूपमा विकास गर्न पनि मेला आवश्यक रहेको बताए । पहिलोपटक परिसंघले काठमाडौंमा यस्तो मेला आयोजना गरेको भए पनि आगामी दिनमा प्रदेशस्तरमा पनि गरिने उनले जानकारी दिए । मेलामा आएका कम्पनीहरूसँग सम्पर्कका लागि एप बनाउने र रोजगारको आवश्यकता पर्नेहरूले दर्ता गरेर सोही एपबाटै रोजगारीका लागि आवेदन दिन सक्ने उनले बताए ।

 

रोजगारदाताको आवश्यकता, शीपयुक्त कर्मचारीको मागको परिपूर्तिका विषयमा बृहत् छलफल समेत हुने जानकारी दिइएको छ । मेला संयोजक द्विराज शर्माले स्वदेशका साथै भारतको टाटादेखि अन्य देशका कम्पनीहरूलाई सहभागिताका लागि आह्वान गरिने बताए । 

 

खासगरी सूचनाप्रविधि, हस्पिटालिटी र कृषिक्षेत्रमा अध्ययन गरेर रोजगारको अवस्था र मागका विषयमा पनि परिसंघले मेलापूर्व नै अध्ययन गर्ने भएको छ । मेलाबाट नेपालमा विश्वस्तरीय जनशक्ति सृजना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान लगायत उपलब्धि हासिल हुने परिसंघको अपेक्षा छ ।

एजेन्सी

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्